30, May, 2023

उच्च स्तरीय संयन्त्रको बैठक रोकियो, प्रचण्ड-ओलीबीच भेटवार्ता

बागमती भ्वाइस न्युजडेस्क
२६ माघ २०७९, बिहीबार १६:२९ | ३ महिना अगाडी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

दुई नेताबीच सिंहदरबारमा भेट भएको हो । उनीहरुबीच पछिल्लो राजनीतिक अवस्थामा विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ ।

बिहीबार सत्ता गठबन्धनमा रहेका दलको शीर्ष नेताको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने तय भएको थियो । तर स्थगित भएको प्रचण्डको प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिए ।

२६ माघ २०७९, बिहीबार १६:२९ मा प्रकाशित